प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

everest kitchen

काठमाडौं । प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई नेकपा (प्रचण्ड–नेपाल) समूहले हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड(माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए