सन् २०२० काे अन्तिम दिन मलेसियामा अहिलेसम्मकै सबै भन्दा बढि बिरामि भेटिए

everest kitchen

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८१ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५२५ जना रहेकाे छ । आज अङ्ग्रेजी नयाँ वर्ष २०२० को अन्तिम दिन संक्रमितको सङ्ख्या हालसम्मकै उच्च देखिएको हो ।

मलेसियामा हालसम्म १ लाख १३ हजार १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १४८१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ८८ हजार ९१४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २३ हजार ५९८ जनामा सक्रिय संक्रमण रहेको छ ।