लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले गरेका हुन : मुख्यमन्त्री पोखरेल

everest kitchen

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । ओली समुहको नेकपाको प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्‍यो भनेर गलत प्रचार गरिएको भन्दै ओली समुहका मुख्यमन्त्री पोखरेलले केपी शर्मा ओलीले ‘लोडसेडिङ अन्त्यका पछाडि भारतसँग गरिएको प्रसारण लाइन विस्तार र विद्युत खरिद सम्झौता नै लोडसेडिङ अन्त्यको मुख्य पक्ष भएको जिकिर गरे ।

नाकाबन्दीमा अडान लिएर जब प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुभयो । नेपाल–भारत सम्बन्धको इतिहासमा सबैभन्दा बढी स्वागत–सत्कार पाउनुभयो “उनले भने”, नेपाल–भारतका बीचमा सुल्झन नसकेको धेरै प्रश्नहरूमा सहमति भए । आज मुलुकमा १८ घण्टाको लोडसेडिङ अन्त्य भएको छ, यो त्यही भारत भ्रमणका क्रममा गरिएका विद्युत खरिद सम्झौताको परिणाम हो उनले भने ।

सम्बोधनको क्रममा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ओलीको पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।