ललिता निवास प्रकरण: उमाकुमारीलाई दुई लाख धरौटीमा छाड्न आदेश

everest kitchen

 

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि आज उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग रु ९१ लाख २० हजार बिगो माग दाबी गरेको थियो । राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पु¥याएकाले उहाँलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो ।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा ढकालसँग अख्तियारले रु ३९ करोडभन्दा बढी बिगो माग दाबी गरेको थियो ।