प्रदेश २ का ओली समुहका संसदीय दलका नेता मण्डल विरुद्ध अविश्वासको प्रस्ताव

everest kitchen

काठमाडौं । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाउने प्रक्रिया अगाडि बढाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ । नेकपाको प्रदेशसभामा जम्मा ३२ जना सदस्यहरु मध्ये प्रचण्ड-माधव समुहका १७ जना सदस्यको हस्ताक्षर सहित प्रस्ताव दर्ता गरिएको एक नेताले बताए । उनका अनुसार प्रदेश २ मा प्रचण्ड-माधव समुहमा २० जना सदस्यहरु रहेका छन् ।

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ।