दुनियाँ चकित हुने आर्थिक वृद्धिदर भएको छ : प्रधानमन्त्री ओली

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर वृद्धि भएको दाबी गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयायोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई आर्थिक र अन्य पक्षलाई समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएको दाबी गरे ।

सम्बोधनको क्रममा उनले प्रचण्ड-माधव समुहलाई लक्षित गर्दै विभिन्न अभिव्यक्तिहरु दिएका छन् । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’ ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उनले हाँस्दै भने, ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’

साथै प्रधानमन्त्री ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको जानकारी आएको बताउदै अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’ ओलीले अगाडि थपे ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’