प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भयो : मोहन वैद्य

everest kitchen

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद बिघटन गर्नु सरकारको असफलता भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भएको समेत बताए ।

उहाले संसद बिघटन पछि मुलुक थप संकटमा पुगेको र उपलव्धी नै गुम्ने खतरा सिर्जना भएको तर्क गर्नुभयो । संविधान अनुसार सरकार बनाएपनि नेकपाले संविधानलाई नै प्रहार गरेको उनको भनाई छ ।

वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता गरिने उनले बताए ।उज्नेट