सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्यमध्ये ओलीको पक्षमा ६ जना मात्रै

everest kitchen

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । प्रचण्ड–माधव पक्षमा ३० जना सांसद र ओलीको पक्षमा ६ जना सांसद मात्र उभिएपछि ओली अल्पमतमा परेका हुन ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् ।

बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्ने बताएको छ भने बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले एकताबद्ध भएर अघि बढ्ने निर्णयसमेत गरेको छ ।