आज ४२१ जनामा संक्रमण पुष्टि हुदा ६३७ जना निको

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् । आज मात्रै ६३७ जना निको भए ।

त्यस्तै थप ८ जनाको मृत्युु भएसंगै हालसम्म १८७८ जनाको मृत्यु भएको छ । यस्तै हाल ५४८७ संक्रिय संक्रमित छन् ।
उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।