आज मलेसियामा निकाे हुनेको संख्या २७२६ जना, निधन हुने ११ जना

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४९४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १७०४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख १९ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २७२६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९७ हजार २१८ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २१ हजार ३६५ जनामा सक्रिय संक्रमण रहेको छ ।