प्रेम सेन्चुरी र सपनाको जीवन ” यहाँ यस्तै छ” सार्वजनिक

everest kitchen

 

उदयपुर । चौदण्डिगढी नगरपालिकामा एक कार्यक्रमका बीच “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले लोकार्पण गरेका हुन ।

उदयपुर मिडिया हबको पहिलो प्रस्तुतिमा सार्बजनिक गरिएको उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठ गायिका सपनाश्रीले साथ दिएकी छिन्।

प्रदेशमा रहदाको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियोमा स्थानीय कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा) ले अभिनय गरेका छन भने स्वयंम गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्।