बेलायतमा पुनः देशव्यापी लकडाउन

everest kitchen

 

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् ।

लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै बढ्दो संक्रमण र‍ोक्न लकडाउन लागु गर्नु।परेको बताउदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले अपिल गरे ।

बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ ।