समस्यामा परेका नेपाली श्रमिकको अभिभावक बन्नेे प्रयासमा एनआरएन मलेसिया

everest kitchen

मलेसिया । बिश्व भरी महामारी को रुप मा फैलिएको कोरोना को प्रभाब ले विश्व जनमानसमा प्रत्यक्ष असर परिहरेको बेला व‌ैदेशिक रोजगारीमा गएका श्रमिकहरु झन मारमा परेका छन । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा गएका श्रमिकहरुमा परेको समस्या झन दुखद छ । उक्त समस्यालाई मध्यनजर गरेर एनआरएन मलेसिया केही राहतका कार्यक्रम गर्दै आएको छ ।

कोभिड-१९ कारण नेपालमा जारी गरिएको लकडाउन र मलेसिया जारि गरिएको आवागमन नियन्त्रण आदेशको समयमा खाद्यान्न लगायतका राहतहरु उपलब्ध गरेर उद्धार कार्य गर्दै आएको एनआरएन मलेसियाले पछिल्लो समय विभिन्न सहयोगका कार्यक्रम नै ल्याएर सहयोग कार्य गरि रहेको बताएको छ ।

पछिल्लोपटक मलेसियामा समस्या रहेका नेपालीलाई सहयोग गर्ने हेतुले नेपाली दूतावास मलेसियाको समन्वयमा एनआरएनए मलेसिया र एनआरएनए आइसीसीले संचालन गरिरहेको ‘एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम’ सञ्चालनमा ल्याएका छन् । उक्त कार्यक्रम अन्तर्गत हालसम्म १४ जना नेपालीलाई स्वदेश फर्काएको छ ।

त्यस्तै, केहिदिन अघिमात्र आफ्नो राम्रो भविष्यका लागि वैदेशिक रोजगारका लागि मलेसिया आएका बाजुराका मदन बोगटी र जनकपुरका धिरेन्द्र ठाकुर वदेश फर्किएको छ । उनीहरू दुबैदजना अशक्त अवस्थामा रहेका थिए ।

यस्तै, एनआरएन मलेसियाले हालै एक विज्ञप्ति जारी गरेर मलेसियामा कोरोनाको कारण ले धेरै लाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाब पारिरहेको यस विषम परिस्थिति मा हजुर हरु र जोकोही नेपाली हरु मा केही समस्या परेमा हामी लाई सम्झिनु होला। हामी मलेशिया को सबै ठाउँ मा हजुर हरुको समस्याको समाधान को लागि सिङ्गो टिम नै प्रतिबद्ध छौँ । भन्दै सहयोग लिन आव्हान गरेको छ ।