प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालतलाई सिधा भन्न मिल्छ : नेता पौडेल

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रिया कार्यक्रममात्र बोल्दै नेता पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन्।

मोही माग्ने ढुङ्ग्रो लुकाउनेजस्तो गर्नु हुँदैन,’ जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तर्क्रियामा पौडेलले भने, ‘प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक छ, अलोकतान्त्रिक छ। संविधानअनुसार यसो गर्न मिल्दैन। यो कुरा सिधा अदालतलाई भन्नुपर्छ।

पौडेलले अगाडि भने,”अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको छ । तर आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न मिल्छ ।