छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको निधन

everest kitchen

 

विराटनगर । झापा र उदयपुरमा मंगलवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो ।

मोटरसाईकललाई ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–७ का २० बर्षीय केशव बि.क.को मृत्यु भएको छ । गाइघाटबाट नामेटार तर्फ जाँदै गरेको प्रदेश २–०२–०१–०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।