संवैधानिक इजलासमा नबस्ने कार्कीको घोषणा

everest kitchen

काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन् । कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।