निर्वाचन आयोगमा आफूहरु नै आधिकारिक नेकपा रहेको प्रचण्ड-माधव समुहको पुनः दावी

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग पुनः दोहोर्याएको छ ।

आयोगले पुस १७ मा प्रचण्ड-माधव समुहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । सो पत्रको जवाफमा यो समूहले थप दावी प्रमाणको आवश्यकता नै नरहेको अडान लिएको छ । दलसम्बन्धी ऐन–२०७३ को दफा ५१, नियमावली–२०७४ को नियम २५ र अनुसूची १८ ले तोकेको ढाँचामै आवश्यक कागजात बुझाएको जवाफ पत्रमा उल्लेख गरिएको छ ।

साथै, नेकपाको वैधानिकताबारे यो समूहले केन्द्रीय कमिटीको बहुमतको निर्णयलाई आधार मानेको छ । एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी आयोगमा बुझाएको कागजातमा उल्लेख भएको ४४१ केन्द्रीय सदस्यमध्ये २८७ जनाको हस्ताक्षर अर्थात् ६५.१३ प्रतिशत आफूतिर दावी गर्दै