नेकपाका निकट विद्यार्थीहरुले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला जलाए

everest kitchen

चितवन । नेकपा प्रचण्ड–माधव निकट विद्यार्थीहरुको समुहले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै उनीहरूले विरोध गरेका हुन ।

संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।