रकमको ’अपचलन’ गरेको भनेर आरोप लगाउनु अराजक प्रवृत्ति : भिम रावल

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आपूलाई रकमको ’अपचलन’ गरेको भनेर आरोप लगाउनु अराजक प्रवृत्ति मात्र भएको बताएका छन् ।

‘नेकपा, सुदूरपश्चिम प्रदेश कमिटीका आधिकारिक सचिव र कार्यालय सचिवले पार्टीको खाता सञ्चालन गर्दा मलाई रकमको ’अपचलन’ गरेको भनी कुप्रचार गर्दै गालिगलौज गर्नु फुटबादी पार्टी विधि मिचाहाहरूको अराजक प्रवृत्ति र उछृंखलता मात्र हो ।’ नेता रावलले ट्वीटरमा लेखेका छन ।

केही दिन अघि एक समुहले उनी विरुद्ध रकमको ’अपचलन’ गरेको भन्दै कार्बाहीको माग गरिएको थियो ।