अन्जु पन्त र बादल थापाको आवजमा रहेको  “झल्को आम्छका” लाई दर्शकको माया

everest kitchen

समीर मल्ल

गायक बादल थापा र गायिका अन्जु पन्तको आवाजमा “झल्को आम्छका”  बोलको गित सार्वजनिक भएको छ ।  दिपिका म्युजिक युट्युब च्यानल बाट सार्वजनिक भएको यो गीतले अहिले चर्चा पाएको छ ।

यसअघि ” हेर यो मुटुमा चिरा पर्या छ” बोलको गीत ल्याएर सर्वाधिक चर्चामा रहेका गायक तथा सर्जक बादल थापाको नयाँ गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास लिएको बताएका छन् ।

गीतमा गायक थापा संगै गायिका अन्जु पन्तको स्वर रहेको छ भने जीवन कडेल र दिपक कडेलको शब्द रहेको छ ।साथै गीतमा पनि जीवन कडेलकै लय रहेको छ। त्यस्तै  उक्त भिडियोमा नायक आकाश श्रेष्ठ र रियाशा दाहालको अभिनय, अजय रेग्मिको छ्याङकन र क्रान्ति केसीको निर्देशन रहेको छ ।