जन्म दिनको अवसरमा कलाकार फुर्वा दोर्जेको विद्यालयलाई सहयोग सामाग्री

everest kitchen

काठमाडौं । कलाकार तथा व्यवसायी फुर्वा दोर्जे मोक्तानले आफ्नो जन्म दिनको अवसरमा विद्यालयलाई आवश्यक सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । उनले आफ्नो जन्म गाउँ मकवानपुर वकैया २ मा रहेको श्री कालिका माद्यामिक विद्यालय र श्री भूमेश्वरी प्राथमिक विद्यालयलाई सहयोग गरेका हुन ।

यसअघि पनि सहयोग गर्दै आएका फुर्वाले यसपटक भने आफु उपस्थिति भएर सहयोग गर्न नसकेको बताए । हाल प्रवासमा रहेका कलाकार फुर्वाले विद्यालयमा रहेका विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री उपलब्ध गराएका थिए ।

साथै विद्यालयलाई आवश्यक साउण्ड सिस्टम र दराज लगायतका सामाग्री फुर्वाका अभिभावक तथा अग्रज स्थानीयको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।यस्तै, आगामी दिनहरूमा पनि यस्तै सहयोग गरिरहने कलाकार फुर्वाले बताए ।