प्रधानमन्त्रीलाई विभिन्न जिल्लाबाट संबिधान पुस्तक पठाइयो

everest kitchen

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । देशभरका विभिन्न जिल्लाबाट पुस्तक पठाएको हो ।

विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो । उक्त समूहको काठमाडौं जिल्ला कमिटीले जुलुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ ।