मलेसियामा सन २०२० मा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाए

everest kitchen

 

काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन ।

वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका नेपालीहरुमध्ये विभिन्न कारणले सन २०२० को अन्तेसम्म २७५ जना नेपालीको ज्यान गएको दुतावासका द्धितीय सचिव प्रतिक कार्कीले जानकारी दिए । नेपालीराजदूतावास मलेसियाको नियमित साप्ताहिक फेसबुक लाईभ कार्यक्रमका क्रममा बोल्दै देहत्याग, सडक दुर्घटना, कम्पनी भित्रको दुर्घटना, स्वास्थ्य समस्या लगायतका कारण ती नेपालीले ज्यान गुमाएको उनले बताए ।

 

वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्यमध्येमा रहेको मलेसियामा हाल करिब साढे तीन लाख नेपाली वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको अनुमान गरिएको छ । मलेसियामा सुतेकै अवस्थामा मृत भेटिने र विभिन्न दुर्घटनामा घटना परी ज्यान गुमाउने नेपालीको सङ्ख्या बढी हुने गरेको पाइएको छ।