हिमाल टाईम्सकर्मी राजु क्षत्री ‘अपुरो’ सम्मानित

everest kitchen

काठमाडौं । हिमाल टाईम्सकर्मी राजु क्षत्री ‘अपुरो’ सम्मानित भएका छन् । लघुकथा समाज नेपालले अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनको अवसरमा उनलाई विशेष सम्मान गरेको हो ।

मलेसियामा रहेर लामो समयदेखि लघुकथा क्षेत्रमा सक्रिय रहदै आएका क्षत्रीलाई लघुकथा क्षेत्रमा विशिष्ट योगदान पुय्राएको भन्दै उच्च कदर गर्दै विशेष सम्मान गरेको समाजले जनाएको छ । साथै समाजले लघुकथामा पिचडी गरेका डा पुस्करराज भट्ट लाई समेत विशेष सम्मान गरेको छ ।

हिमाल टाईम्सको साहित्य सम्पादक समेत रहेका क्षेत्रीका दिमागको बिर्को, आशाका झिल्का, भाग्य र कर्म लगायतका लघुकथा संग्रह र सयौं फुटकर लघुकथाहरु प्रकाशित भएका छन् ।