ओलीको असंवैधानिक कदम विरुद्ध कडा रुपमा प्रतिवाद गर्न तयार : नेकपा राक्सिङ

everest kitchen

सविन कु. लोप्चन तामाङ 

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समुहको राक्सिराङ गाउँपालिका बैठक सम्पन्न भएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक तथा राजनीतिक कु गर्न खोजेको भन्दै त्यसको कडा रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

राक्सिराङ ५ स्थित माथिल्लो चैनपुर रोड बाङ्दिराङ चर्च मा भएको बैठकमा उपस्थित बागमतीप्रदेश सभा सदस्य ओम घलानले ओलिको बैचारिक त्रुटी गरेको बताए । उनी बिचार बिहिन र संबिधान भन्दा बाहिर जान खोजेको जस्तो छ उनले भने, “अब उनी सच्चिन जरुरी छ ।

त्यस्तै, प्रदेश सभा सदस्य तथा जिल्ला अध्यक्ष मुनु सिग्देलले प्रधानमन्त्री ओलीले संबैधानिक कु गर्न खोजेर असंवैधानिक कदम चालेको बताए । उनले अघि भने, “संघिय संसद पुनर्स्थापना हुनेछ, अहिले प्रचण्ड-माधब लाई बत्ती बालेर खोज्नु पर्ने भन्दै भ्रम छर्ने ओली समुहलाई चाहिँ अब जनताले बत्ती बालेर खोज्नु पर्ने छ।

यस्तै, नेकपा प्रदेश सचिवालय सदस्य श्रीधर पोख्रेलले प्रधानमन्त्री केपि शर्मा ओलीले विभिन्न युगको गफ दिएर मुलुक लाई अन्धकारको युगमा पुर्‍याएको आरोप लगाए ।

बैठकमा बागमती प्रदेश सभा सदस्य तथा जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश सभा सदस्य ओम बहादुर घलान, नेकपा बागमती प्रदेश सचिवालय सदस्यहरु वीर बहादुर लामा, श्रीधर पोख्रेल, नेता गोबिन्द राम चेपाङ लगायत गाउँपालिका ईन्चार्ज बनस्तम थिङ लगायत सयौं कार्यकर्ताहरुको उपस्थित रहेको थियो।