आफूलगायतका नेता प्रति घृणा फैलाउन ओलीले ‘साइबर सेना’ मार्फत कुप्रचार गरे : भिम रावल

everest kitchen

काठमाडौं । फेक न्युजको शिकार भएका नेकपा प्रचण्ड-माधव समुहका नेता भिम रावलले आफुलाई प्रधानमन्त्रीको कथित साइबर सेनाले कु प्रचार गरेको बताएका छन । आफूलगायतका नेताहरुविरुद्ध घृणा फैलाउन ओली समूहले ‘साइबर सेना’ मार्फत कुप्रचार गरेको उनले बताएका हुन ।

रावलले बोल्नै नबोलेको विषयमा समाचार बनेको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा र राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले राष्ट्रियसभामा प्रश्न उठाएपछि रावलले सार्वजनिकरुपमै स्पष्टीकरण दिएका हुन । शुक्रबार काठमाडौंमा आयोजित अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले खण्डन गरेका छन् ।

महिलाको किड्नी राखेका कारण केपी ओलीको दिमाग बिगि्रयो भीम रावलले भनेको भन्दै प्रधानमन्त्री ओली आइतबार सार्वजनिक मञ्चबाटै रावलमाथि खनिएका थिए भने ओली समूहकी राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले राष्ट्रिय सभाको बैठकमै यही विषयलाई लिएर नेता रावलमाथि प्रश्न उठाएकी थिइन् । यस विषयमा बोल्दै रावलले भने,”फेक न्युज लेख्ने मान्छेले समेत माफी मागि सकेको अवस्थामा पनि अझै गलत र ग‌ैर जिम्मेवार तरिकाले भ्रमित पार्दै जानु लाज मान्नुपर्ने हो ।”

त्यस्तै, रावलले आफूमाथि लागेको आर्थिक हिनामिनाको आरोप कु प्रचार गर्नको लागि रचिएको बताए । ‘हाम्रो सुदूरपश्चिम प्रदेश कमिटीको खाता सञ्चालन कार्यालय सञ्चालन पार्टीको सचिवले गर्नुहुन्छ उनले भने,” यति कुरा त केपी शर्मा ओली र उहाँका कथित साइबर सेनालाई थाहा हुनुपर्ने हो’ । त्यो खातालाई हाम्रा कामरेडहरुले आवश्यकताअनुसार सञ्चालन गर्नुभएको छ ।’ उनले थपे, ‘केन्द्रीय कार्यालयमा हेरौं, केपी शर्मा ओलीजीले ल यति करोड रहेछ, निर्वाचन आयोग र अदालतमा निर्णय नहुँदासम्म चलाउँदैनौं भनेर पेश गर्नु भएको छ ?’

प्रदेशको कमिटीको खातामा ३० लाख रहेको स्वीकार गर्दै रावलले त्यसलाई सुरक्षित राख्न सचिव र कार्यालय सचिवले खाता व्यवस्थित गर्दा आफूमाथि गलत आरोप लागेको बताए । उनले भने, ‘खाता व्यवस्थित गर्दा पैसा लुटियो, अपचलन भयो रे ! यो अपचलन गर्न बानी परेकाहरुको दिमागको कुरा हो ।’