म‍ोडल राधेमोहनको “संसारकी खुसी” सार्वजनिक (भिडियो)

everest kitchen

कृष्ण गुप्ता

काठमाडौँ । मोडल राधेमोहन अभिनीत “संसाररकी खुशी” बोलको गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो हाईलाईट नेपाल  डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो

उक्त गीतको भिडियोमा अस्मिता  र राधेमोहनको अभिनय रहेको छ । यसअघि एउटा गीतमा अभिनय गरेका राधेमोहनले दर्शकको माया पाएपछि फेरी पनि काम गरेको बताए । उनले भने,” चलचित्र भावमा तयार भएको यो गीतले दर्शक, स्रोतको मन जित्ने आशा लिएको छ, यसपछि पनि अन्य सिर्जनाहरु सहित नियमित आउनेछु ।

त्यस्तै  तेजेन्द्र काफ्ले को शब्द रहेको उक्त गीतमा स्वार राजु अधिकारी र पर्निसा अधिकारी रेहेको छ । गितको संगीत संयोजन धुरबा पाठक , पंकज सिग्देलले गरेका छन।

साथै गीतमा सन्तोष राना मगर मिक्सिङ/ छ्याँकन  , गणेश शर्माको निर्देशन र दृश्य सम्पादन तथा पोस्ट प्रोडक्सन बीएसबी इन्टरनेटको रहेको छ ।