राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

everest kitchen

काठमाडौं । पुस १७ गतेबाट सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशन ४ दिन बैठक बसेर अन्त्य भएको छ ।
जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको छ । राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु यसअवधिमा राष्ट्रियसभामा पेस भएका छन्

आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारै पठाएको पत्र
राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाएर अधिवेशन अन्त्य जानकारी दिएको थियोे ।

पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।