प्रधानमन्त्री ओलीको संसद विघटनको कदम विरुद्ध अनेरास्ववियूको देशभर बयलगाडा प्रदर्शन

everest kitchen
धनगढीमा आयोजित बयलगाडा जुलुस

काठमाडौं । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले काठमाडौं लगायत देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डला, धनगडी लगायतका स्थानमा ‘बयलगाडा चढेर अमेरिका पुग्ने’ प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गरिएको हो ।

अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङसहितको उपस्थितिमा माइतीघरमा आयोजना भएको हो । बयलगाडा प्दर्शनपछि परिणत भएको कोणसभालाई समबोधन गर्दै केपी ओली देशलाई आज नसुहाएको तामाङले बताएका छन् । सभालाई सम्बोधन गर्दै तामाङले केपी ओलीलाई बालुवाटारबाट बालकोट जानका लागि सुन्दर बयलगाडा तयार गरिरहेको बताएका छन् । ‘केपी ओलीलाई राम्रो बयलगाडा चढाएर हामी बालकोट लगेर छाडिदिँदै छौं ।’ उनले भने ।

त्यसै , अनेरास्ववियूले देशभर आज बयलगाडा प्रदर्शन गर्नका लागि सर्कुलर गरेको छ । आजै धनगढीमा पनि अनेरास्ववियूले बयलगाडा र्यालि निकालेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भन्दै चितवनमा पनि बयलगाडा देखाइएको थियो ।