३३ किलो सुन प्रकरण मुद्दाको सुनाई सुरु

everest kitchen

काठमाडौं । त्रिभुवन विमानस्थलबाट चार वर्षअघि बरामद भएको तस्करीको ३३ किलो सुन प्रकरणको मुद्दामा सुनाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार देखि सुनुवाइ सुरू गरेको हो ।

आज देखि न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासमा सुनाई सुरु भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ। आज सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले बहस गरे। बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैलाई मंगलबार सरेको छ।

उक्त सुन प्रकरणमा भन्सारका ५ कर्मचारी सहित ३३ जनालाई प्रतिवादी बनाइएको थियो। अरू सबै अदालतलमा उपस्थित भएपनि पाँच जना भने फरार छन्।
त्यतिखेर सुनसँगै हरिबन्दु कार्की, दिलबन्धु थापा र गोपाल बहादुर शाही काँडाघारीबाट पक्राउ परेका थिए।