विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपाल’द्धारा एक सय विपन्न परिवारलाई न्यानो सिरक वितरण

everest kitchen

सविन कु. लोप्चन तामाङ                                   मकवानपुर । राक्सिराङ गाँउपालिकाका बिभिन्न विकट गाउँका विपन्न १०० भन्दा बढी घरपरिवारलाई न्यानो सिरक वितरण गरिएको छ । उक्त सिरक विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले वितरण गरेको हो ।

राक्सिराङ– ४ भोर्लेमा एक कार्यक्रमको आयोजना गरी विपन्न चेपाङ, तामाङ तथा दलित समुदायका १०० भन्दा बढी परिवारलाई सिरक वितरण गरेको हो । सिरकसँगै प्रत्येक परिवारलाई मास्क, सेनिटाइजर तथा साबुन समेत दिइएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यले विपन्न समुदायलाई सहयोग गरिएको संस्थाका काठमाडौं डायसिस सेक्रेटरी मान्जा तामाङले बताए । उनले नेपाल भरिका गरिब तथा विपन्न परिबारलाई बिभिन्न समयमा संस्थामार्फत सहयोग गरिदै आएको समेत बताए ।

जाडो मौसममा न्यानो सिरक पाएका विपन्न चेपाङ तथा तामाङ समुदाय खुसी देखिन्थे । आफुहरुलाई जाडो कटाउन समस्या परिरहेको बेला संस्थाले न्यानो सिरक दिएपछि भागवान भेटिएको अनुभुति भएको विपन्न चेपाङहरुले सुनाए । न्यानो कपडा सँगै दैनिक लगाउने कपडा तथा खाद्यान्न अभाबको समेत समस्या भोग्न बाध्य रहेको उनीहरुको गुनासो छ । विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले वितरण गरेको सिरक लिन भोर्ले, गौथलीटार, गिङगुङ, पन्जनी, भिमलटार, मुस्ले लगायत गाउका स्थानीय घन्टौ यात्रा गरि आएका थिए ।

संस्थामार्फत टाइटस मोर ओस्था थियस एथेस्कोपा हेमचन्द्र शर्मा बिशपको अगुवाइमा सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका जिल्लाका ५ नम्बर र ३ नम्बर एरिया लिडर मनिक स्याङतान, सल्लाहकार सुनिल मोक्तान, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । स्थानीय सेन्ट जेम्स इस्टर्न बिलिभर चर्चमा सम्पन्न कार्यक्रममा स्थानीय फादर राजकुमार प्रजाले सहजीकरण गर्नुभएको थिए । कार्यक्रम जिल्ला फादर आशिष गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो ।