सरकार निर्वाचनमा फोकस छ : मन्त्री ढकाल

everest kitchen

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।

संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताए ।

“निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईँहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ, उनले भने ।”