स्वदेश फर्कन डकुमेन्टको लागि अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु

everest kitchen

मलेसियामा अवैधानिकभई घर फर्कन डकुमेन्टको लागि यहि जनवरी १२ तारिक अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ ।
क्वालालम्पुरबाट तेरेगांनु अध्यागमन कार्यालयतर्फ गाडीमा १२ तारिख बिहानै हिडेका उनिहरु हाईवेमा पानी परिरहेको समयमा गाडी अनियन्त्रित भई बाटो छेउको पर्खालमा गाडी ठोकिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा नेपाल स्थित झापा जिल्ला निवासी सतल सिंह मेचेसँगै एकजना पाकिस्तानि र एकजना बंगलादेशि नागरिक रहेका छन् ।
त्यसैगरि उक्त दुर्घटनामा परि अर्काएकजना नेपाली जाजरकोट निवासी अम्बरबहादुर थापा पनि घाइते भएका छन् । उक्त गाडीमा जम्मा दुई जना नेपाली सवार थिए भने अन्य पाकिस्तानी, बंगलादेशि नागरिकहरु थिए ।
दुर्घटनाको बिषयमा बुझ्न नेपाल राजदुतावासलाई सम्पर्क गर्दा नेपाल राजदुतावासमा दुर्घटनाको बिषयमा खबर आएको र बिस्तृत जानकारीको लागि स्थानिय प्रहरी र सम्बन्धित निकायलाई सम्पर्क गरिरहेको जानकारी आयो ।