ओखलढुंगा एकता सेवा समाज मलेसियाका सह-सचिव बिकेन्द्र सहयात्रीको बिदाई

everest kitchen

 


काठमाडौं । ओखलढुंगा एकता सेवा समाज मलेसियाले बर्तमन सह-सचिव बिकेन्द्र सहयात्रीलाई बिदाई गरेको छ । कर्मभुमी मलेसियाको बसाई लाई बिट मार्दै स्वदेश फर्किने तयारीमन रहेका उनलाई समाजको तर्फबाट आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

बिश्वब्यापी रुपमा रहेको कोरोनाको प्रभावलाई मध्यनजर गर्दै आवश्यक सावधानीका साथ संस्थाका अध्यक्ष श्री हिरालाल दयालको अध्यक्षतामा संस्थाका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा अनौपचारिक बिदाई कार्यक्रमका गरिएको संस्थाले जनाएको छ।