अब ट्रायल पास गर्न सहज हुने

everest kitchen
photo file

काठमाडौं । सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।

यो प्रस्तावअनुसार कुनै सानो गल्तीले ट्रायल फेल नहुने बताएको छ । नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।

ट्रायलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने र प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको एक अधिकारीले बताए। यसो हुदा राम्रोसँग चलाउन जान्नेहरु पनि फेल हुने समस्याको अन्त्य हुने बताएको छ ।