मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित, आज मात्रै ३ हजार ३०९ जना थपिए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५५९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३०९ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ४१ हजार १४६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ५५९ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख १० हजार ५८४ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ३० हजार ३९० जनामा सक्रिय संक्रमण रहेको छ ।