मकवानपुरकी ४० वर्षीया सरिताको कुवेतमा निधन, शव नेपाल ल्याउन समस्या

everest kitchen

काठमाडौं । मकवानपुर जिल्ला साविकको काँकडा गाविसवडा नं १ कि ४० बर्षिय सरिता थिङको शव कुवेतमा निधन भएको छ । उनको क्यान्सरको उपचार गराउने क्रममा ४० बर्षिय सरिता निधन भएको हो ।

सरिताको शव कानुनी जटिलताको कारण कुवेतमा अलपत्र पर्ने भएको छ । नेपाल सरकारले कुवेत लगाएत खाडी मुलुकमा २०१५ पश्चात् श्रम स्वीकृति नदिएपछी विभिन्न म्यानपावरहरुको माध्यमबाट तेस्रो मुलुक हुँदै कुवेत पुगेकी सरिताको शव नेपाल ल्याउन समस्या भएको आफन्त सविन कु लोप्चन तामाङले बताए ।

अबैधनिक तवरले घरेलु कामदारका रुपमा कुवेत पुगेकी सरिताको श्रम स्वीकृति नलिएकोले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले उनको जीवन विमा तथा अन्य सेवा सुविधा नदिने हुँदा उनको शव नेपाल पठाउन नसकिने दूतावास स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार आफ्ना घर परिवार वा कुनै संघ संस्था तथा कोहि दाताले शव पठाउन लाग्ने करिव ४ सय कुवेती दिनार उपलब्ध गराए शव नेपाल पठाउन सकिनेछ ।

मृतक सरिता विभिन्न असहताका कारण मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा रहँदै आएकोले उनको साथमा नागरिकता, राहदानी वा अन्य कुनै कागजात नभएकोले शव पठाउन झन असहज भएको दूतावास स्रोतले बताएको छ ।