मलेसियामा हालसम्म ३२ हजारबढीमा सक्रिय संक्रमण

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५६३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९८५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ४४ हजार ५१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ९९४ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ११ हजार ५७८ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ३२ हजार ३७७ जनामा सक्रिय संक्रमण रहेको छ ।