अनेरास्ववियूको सरकार विरुद्ध कार्टुन प्रदर्शन गरेर विरोध

everest kitchen

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रचण्ड–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार बिभिन्न पत्र पत्रिकामा छापिएका कार्टुन प्रदर्शन गरेको छ ।

काठमाडौंको कमलादीमा अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कार्टुन प्रदर्शन गरेका हुन् । सरकारका कामकारबाही र गतिविधि बारे व्यङ्ग्य गरिएका कार्टुनहरु प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन विघटन गरेपछि चौतर्फी बिरोध र आलोचना भैरहेको छ ।