रुकुम पुर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौं । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

वलीसहित पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाँपालिका वडा नं. ५ बस्ने बर्ष २९ का सुभाष घर्तिमगर, सोही गाउँपालिका वडा नं.१० बस्ने बर्ष ६४ को जितेन्द्र बुढामगर ,रुकुम पश्चिम त्रिबेणी गा.पा. वडा नं. ७ बस्ने बर्ष ४२ का लिल बहादुर पुन र मुसिकोट न.पा. वडा नं. १ बस्ने बर्ष ३७ का कमल रहेका छन् ।

उनीहरू ५ जनालाई रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ पातुखोला स्थित भरत घर्तिमगरको घरमा जुवा तास खेलीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट केही थान तास र नगद बरामद गरिएको बताएको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बताएको छ। उनीहरू उपर थप अनुसन्धानक कार्य भैरहेको जानकारी कार्यालयले दिएको छ ।