आदिवासी जनजाति साहित्यकार महासङ्घको तदर्थ समिति गठन

everest kitchen


काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ । माघे संक्रान्तिको दिन अनामनगरस्थीत मण्डला थिएटर घोषण सभा गरी तदर्थ समिति निर्माण भएको हो ।

घोषणासभामा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र उपाध्यक्ष गोबिन्द छन्त्याल उपस्थित थिए । तदर्थ समितिमा राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय छन् । जसको सहसंयोजकहरु सरस्वति प्रतिक्षा र टंक सेलिङ, सचिव बुद्ध योञ्जन लामा, आर्थिक संयोजक उर्मिला गम्बा थारु छन् ।

त्यस्तै ,सदस्यहरुमा अञ्जना इछमफूल, अनन्त दुनुवार, उत्तम सुनुवार, कविराज तामाङ, कुन्साङ कृष्ण मेचे, कृष्ण सर्वहारी, गणेस कुमाल, गौरी तमू, चोमु शेर्पा खुशी, तेजेन्द्र ताजपुरिया, निशा रुम्बा, नेपोलियन चेपाङ, फुर्बाछिरिङ तङ्बे, बेचन उराव, भीम किसान, मङ्गलराम दराई, मेनुका छन्त्याल, रजनी मिला, राम गोपाल आँसुतोष, लाक्पा तेन्जी शेर्पा, लालबहादुर भुजेल, डा. विष्णु सिँजाली, सन्त माझी, सरोजसिंह दुनुवार, डा. सोमबहादुर धिमाल, सीता तुम्खेवा, हेन्सेन याक्खा, हेमा आले छन् ।

त्यसैगरी राज्यसमितिको संयोजक पनि तोकिएको छ । कोइँच संयोजकमा शोभा सुनुवार, ताम्सालिङ संयोजकमा ईश्वर थोकर, किरात संयोजकमा गनेसकुमार राई, तमुवान संयोजकमा छम गुरुङ, थरुहट संयोजकमा छविलाल कोपिला, मगरात संयोजकमा जीवन रोका मगर (मगरात), लिम्बुवान संयोजकमा मधु केरुङ र नेवाः संयोजकमा शाक्य सुरेन छन् ।

घोषणासभामाफतै अन्तर्राष्ट्रिय समितिको संयोजक पनि तोकिएको छ । जसअनुसार बेलायत संजोजकमा अमित थेबे, युरोप संयोजकमा इन्दिरा चाम्लिङ, मलेसिया संयोजकमा उदय पुर्बेली, कुवेत संयोजकमा केशर घलान, बहराइन संयोजकमा चन्द्र गुरुङ (बहराइन), अमेरिका संयोजकमा जसकुमार राई, हङकङ संयोजकमा नरेश सुनुवार, दक्षिण कोरिया संयोजकमा पराजीत पोमू, कतार संयोजकमा बिमल राई (कतार), अष्ट्रेलिया संयोजकमा योग राई, जापान संयोजकमा विमन किराती (जापान), साउदी अरबिया संयोजकमा सुमन सहयात्री, युएई संयोजकमा सुरज राना र ओमान संयोजकमा सुशिल पुन बिरही छन् ।

समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत रहेको भन्दै सभामामा विभिन्न उद्देश्यहरु घोषणा भएका थिए ।