संविधान बचाएर मात्र चुनावमा जानुपर्छ : नेता पौडेल

everest kitchen
photo file

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनलेे भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला, भोलि नभए पर्सि होला । ‘केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको स्मरण गर्दै उनले संसद पुनस्र्थापना अपरिहार्य रहेको बताए ।

कम्युनिनस्ट पार्टी फुटेकाले संसद पुनर्स्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन सम्भावना रहेको भन्दै उनले भने, ‘चुनाव चुनाव भन्न जरुरी छैन ।’ न्यायाधीशहरुको विश्वास गर्दै रहेको भन्दै उनले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।