नेकपा फुटेको नभई ओली चोइटिएका हुन : खनाल

everest kitchen

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाले नेकपा फुटेको नभई ओली चोइटिएर गएको स्पष्ट गरेका छन । अनेरास्ववियुले आइतबार काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘नेकपा फुटेको होइन, ओलीले चोइटाएका हुन् । रुखले, बासले बोक्रा र पट्यास फेर्छन् । बोक्रा वा पट्यास फेर्दैमा रुख ढल्दैन । नेकपा सतिशालजस्तो रुख हो । कसैले ढाल्न सक्दैन ।’

साथै, उनले आगामी माघ ९ गते उपत्यका अस्तव्यस्त पार्न कडा निर्देशन दिए । उनले केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डलेहरुले लिएको बाटो समातेको टिप्पणी गरे ।