किरातीहरूको मुन्दुमी सभ्यता खुवालुङको संरक्षणका लागि समिति गठन

everest kitchen
photo file

प्रकाश दिप्साली राई

नडाहा, ५ माघ । दिनप्रतिदिन अतिक्रमणमा पर्दै गईरहेको किराँती मुन्धुम र सभ्यतासँग जोडिएको खुवालुङको संरक्षणका निम्ति किरातजन्य जातीय संस्थाहरूले खुवालुङ क्षेत्र संरक्षण समिति गठनका निम्ति आयोजक समिति गठन गरिएको छ ।

यलेदोङ ५०८१ अवसरमा त्रिवेणीमा आयोजित भेलामा किरात सभ्यतामा खुवालुङको मुन्दुमी महत्व र संरक्षण गर्नुपर्ने कारणका विषयमा अधिवक्ता दोर्पध्वज राई, प्रज्ञा परिषद सदस्य सालिक शातासक र मुन्दुम अध्ययन कर्ता इन्द्रहाङ खम्बुले प्रकाश पार्नु भएको थियो भने उपस्थित प्रतिनिधिका बिच व्यापक अन्तर्क्रिरया पश्चात किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष तथा अधिवक्ता बलराम राईयो संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ ।

जसमा सचिव दिला राई, सदस्यहरू क्रमशः नरेन्द्र राई, मिजोत्लुङ लिम्बू, मानभगत चामलिङ, गंगा राई, लिलामणि याक्खा, दिनेश राई, वसन्त राई, राजु सुनुवार, रघुनाथ राई, नुलाम राई, सुर्य माबुहाङ, मोतिचन्द्र राई, मेघराज राई सल्लाहकारहरूमा डम्बर कुमार तुम्बाहाम्फे, ईन्द्रहाङ खम्बू, दोर्पध्वज राई, सालिक सतासक राई, अस्मिका राई रहनु भएको छ ।

हाल खुवालुङ (मुन्दुमी ढुङ्गा)लाई चतराका जेटबोट व्यवसायीहरूले बोट संचालनमा असहज भयो भन्दै फुटाउने प्रयासको थालनी गरिरहेको भन्ने सुचनाका आधारमा समिति गठन गरि यसको संरक्षणका लागि अभियानको शुरुवात गरिएको हो । समितिले सरोकारवालाहरूसँग सुझाव संकलन गरी यथासक्य चाडो आफ्नो योजनाको खाका तयार गरि अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने संयोजक अधिवक्ता बलराम राईले बताउनु भयो ।

के हो खुवालुङ?

किरात समुदायका राई लिम्बु, याक्खा, सुनुवारको मौलिक मुन्धुमहरूमा खुवालुङको प्रसँग आँउछ । किरातीहरूको बिजुवा, फेदाङवा, नक्सो आदिले आफ्नो ईष्ट शक्तिहरूको पुकार गर्दा वा मुन्धुम गाँउदै जाँदा समथर मैदानबाट सुरु गरी मैदानी शक्तिहरूको पृुकारपछि रुइवा (सप्तकोशी) नदी हुँदै खृुवालुङ पुग्दछन् । खुवालुङ पुगेपछि आ–आफ्नो हिड्ने खेल्ने बाटो पच्छ्याँउदै पहाडतर्फ अगाडि बढी हिमालसम्म पुग्दछन् ।

किराती धामी झाक्रीले गाउने मुन्धुममा यो खुवालुङ अनिवार्य रुपमा आउँछ ।
सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–२ का विमल राईका अनुसार किराती भाषामा ‘ख्वा वा खुवा’को अर्थ बारम्बार गाईने वा धाइने ठाँउ भन्ने हुन्छ । कालान्तरमा पछि यही ख्वा शब्द अप्रभंश भई खेवा/खुवा भएको हुन सक्दछ । खुवा शब्दसँग आउने ‘लुङ’को अर्थ नेपालीमा ढुंगा भन्ने हुन्छ । यसकारण बारम्बार गाइरहने बिशेष ढुंगा भएको ठाँउ नै खुवा लुङ प्रदेश नं १ को धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमाना जहाँ अरुण, तमोर र दुधकोशी नदीको संगमस्थलमा रहेको छ ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरूको त्रिवेणी नै खुवालुङ हो । वास्तविक लुङ चाँहि तमोर र अरुण दुधकोशी ठिक भेट हुने स्थानको पानीमुनि अवस्थित छ । जुन ढुंगा चैत वैशाख महिनामा नदीको पानी घटेको अवस्थामा अलिअलि देखिन्छ । उक्त लुङ तामे (तामा)रङ्गको र आकृति सर्पले फंडा फुलाए र ठडिए जस्तो गरी दक्षिणतर्फ ठडिएर पानीभित्र बसेको छ । जुन लुङ जहिले पनि पानीमुनी नै रहन्छ ।

किरात धर्म संघ नेपालको व्यवस्थापनमा किरात जन्य जातीय संस्थाहरू किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, किरात सुनुवार समाज लगायतका जातिय संस्थाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । नया अनलाइन