महिला सशक्तिकरण सम्बन्धी वेबमा आधारित विश्व सम्मेलन भब्य रुपमा सम्पन्न

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाजको महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेबमा आधारित विश्व सम्मेलनको भब्य रूपमा आयोजना गरेको छ ।

कार्यक्रममा लन्डन युनिभर्सिटी, स्कूल अफ अफ्रिकन एण्ड ओरिएंटल स्टडीजबाट विद्यावारिधी गरेकी, सम्मानित मानवशास्त्री र वरिष्ठ पत्रकार डा बार्बरा निम्री अजीज (युएसए)ले, १९६९ देखिका बौद्ध भिक्षुणी र कट्टरपन्थी राजनैतिक असन्तुष्टकहरूस् नेपालमा महिलाहरूसँग काम गर्दाको प्रतिबिम्बू भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी गृह विज्ञान र महिला अध्ययन विज्ञ प्रा।डा। मीरा मिश्र (नेपाल)ले नेपालमा महिलाको अवस्था, महिला सशक्तिकरणका लागि गरिएका प्रयास र भावी कार्यदिशा, महिला अध्ययन विभाग, त्रिभुवन विश्व विद्यालयकी संयोजक तथा वरिष्ठ समाजशास्त्री प्रा.डा.विन्दू पोखरेल (नेपाल)ले महिला, समाज र राजनीति नेपालमा महिला सशक्तिकरणको सन्दर्भ सहित विश्वमा महिलाको स्थिति भन्ने शीर्षकमा, बाथ विश्वविद्यालय बेलायतकी अनुसन्धान कर्ता, प्रख्यात महिला अधिकारकर्मी र वरिष्ठ पत्रकार नम्रता शर्मा (नेपाल)ले, ऐन, कानून, संविधान र महिला सशक्तिकरणू, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी चिन्तक, प्रमुख परामर्श दाता, बेइजिङ (बीबीसी) समितिकी अध्यक्ष र महिला सहयोग माइक्रो फाइनान्स लिमिटेडकी निर्देशक शान्ता लक्ष्मी श्रेष्ठ (नेपाल)ले नारीवादी महिला आन्दोलनको ऐतिहासिकता र महिला सशक्तिकरणमा यसको असरू शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

महिला शिक्षाकी एक सक्रिय अभियन्ता तथा साहित्यकार डा।जानुका पौडेल (नेपाल)ले, साहित्य, महिला र महिला सशक्तिकरणू , शारीरिक कला र सजावट विशेषज्ञ तथा महिला इतिहासकार डा लरिसा डोमिन (जर्मनी)ले विश्वमा महिलाको इतिहास, संस्कृति, चुनौति, विरोधाभास र महिला सशक्तिकरणको मार्गचित्रमा जोड शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

महिला विद्वत्ता तथा मोक्ष विज्ञ डा. सुसन्ने क्रिमर (अस्ट्रिया)ले, दृष्टिकोण, पद्धति र विश्वमा महिला ज्ञानको संकटमा आफ्नो ज्ञान अनुभव र भावना साटेका थिए ।

यस बाहेक, वेबिनारले विश्वभरि छरिएर रहेका महिला सशक्तिकरण सम्बन्धि विशिष्ट र प्रतिष्ठित पर्यवेक्षक, आमन्त्रित व्यक्तित्व र टिप्पणी कर्ताले आफ्नो अवलोकन, अनुभव र टिप्पणी प्रस्तुत गरेका थिए ।

केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले कार्यक्रममा जहिल्यै पनि नेपालका लागि जहाँ पनि नेपालीका लागिु भन्ने मूल मर्ममा साथ अन्तर्राष्ट्रिय नेपाली समाजको स्थापना गरिएको बताए । संसारभरीका नेपालीहरुलाई जोड्दै हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपालीको हित र विकासमा उपयोग गर्ने उद्देश्यका साथ हामी निरन्तर लागिरहेका छौं, ‘उनले भने।

यस्तै, अध्यक्ष घिमिरेले भने, ” हामीले यसपटक महिला सशक्तीकरणु सम्बन्धि वेबमा आधारित विश्व सम्मेलन आयोजना गरिएको हो । आगामी दिनमा निरन्तर यस्ता सम्मेलन गर्ने संस्थाको योजना रहेको छ । संस्थाले भाषा, साहित्य, संस्कृति, कृषि, पर्यटन लगायत अन्य विधिध विषयमा निरन्तर गतिविधि गर्ने ध्येयका साथ अघि बढिरहेको छ ।”

साथै ,अन्तराष्ट्रीय नेपाली समाज केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपालका लागी ईजरायलका राजदुत डा अन्जन शाक्यले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा च र्चित कबयित्रीहरू दिप शाह नेपाल, इन्दिरा चामलिङ ब्रसेल्स, उर्मिला निर्दोषी अमेरिका लगायतले कबिता बाचन गरेको भब्य वेबिनार बिश्व महिला सम्मेलनको सहजकर्ता सस्थाका महासचिब अर्जुन श्री थिए भने संचालन नितु खड्का, श्याम सुबेदी र गोमा पौडेलले गरेका थिए ।