किसानलाई परिचयपत्र वितरण गर्छौं : मन्त्री अर्याल

everest kitchen

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छिन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको अर्यालले बताईन ।

“किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ”, मन्त्री अर्यालले भनिन, “आगामी फागुनदेखि यो कार्यक्रम द्रुतरुपले अगाडि बढ्छ ।”