उखु किसानले अझै पाएनन् भुक्तानी

everest kitchen

काठमाण्डौँ । सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन् ।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्ण रूपमा नपाएको बताए ।

पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन् । किसानले अझै २२ करोड पाउन बाँकी छ । अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर लेखेका छन् ।