गाेष्ठिकाे उद्देश्य

everest kitchen

लघुकथा : गाेष्ठिकाे उद्देश्यमधुसूदन प्रसाद घिमिरे

कथा कस्ताे लेखे मान्छेले मन पराउँछन् ।कथाकाे शैली, भाषा ,र कथा प्रस्तुतिकरण शिल्प यी तिनै कुरा बिषय छनाेट सवै मिलाए पछि मात्र कथा राम्राे हुन्छ । यसाे भनेर कथा गाेष्ठिमा एक जनाले भाषण नै गरे ।

सवैले उनका कुरा ध्यान पूर्वक सुनिरहे।, याैटाले खुस्स भन्याे” याे त सबैलाई थाहा भएकै कुरा हाे ।नाैलाे कुरा त वहाँले केही भन्नू भएन। कथा लेख्नका लागि जुन बिषयमा लेखिने हाे ,त्याे बिषयकाे गहिराे अध्ययन, अनि पात्र चयन, ती पात्रले बाेल्ने संवाद, कथाकाे परिवेश यी कुरामा ध्यान दिनु पर्ने कुरा खै आएन ।

त्यसैमा अर्काेले थप्याे, ” ती सवै अध्ययन गरेर भन्ने कुरा त कार्यपत्र जस्तै भयाे ।त्यसका लागि बाेल्नु अगाडि नै खामकाेे व्यवस्था हुनु पर्छ ।गहिराे अध्ययन गरि वाेल्न बिना खाम काेहि अगि।सर्ने वाला छैन ।

सवैले यस्तै खास खुस मात्र गरे कथा गाेष्ठिकाे उद्देश्य अब खाजा तिर माेडिन लाग्याे ।पछिल्लाे बक्ता बाेल्ने बेला संम दर्शक दीर्घाका कुर्सिप्राय खालि भै सकेकाे थिए ।