दीपेन्द्र राईको “सलल कोशी” सार्वजनिक

everest kitchen

काठमाडौँ। पुर्बेली लोक गायक दीपेन्द्र राईको आवाजमा “सलल कोशी गीत बजारमा आएको छ। नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरुमा लागिपरिरहेका छन ।

पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको यो गीतमागायक दीपेन्द्र र गायीका लीला राईको स्वर रहेको छ। संगीतकार रुद्र श्रेष्ठको संगीत-शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन्। गीतमा पुर्बेली गाउबेसीको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ।

म्युजिक भिडियोमा सन्ध्या राईलाई गायक दीपेन्द्र राई स्वयमले अभिनय गरेका छन् । साथै गायक रक्षक राई , रुद्र श्रेष्ठ लगायतका कलाकारहरुले साथ दिएका छन्। रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिनेमेटोग्राफर रीकेश बज्रचार्यले भिडियो सम्पादन गरेका छन।

भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तब्य बन्दै गरेको हतुवागढी प्रबेशद्वार माइबेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ,बेणी डाडा माथि बाट कैद भएका अरुण पारीको सिम्ले,त्रिबेणी धनकुटा, दुधकोशी पारीको मैनामैनी अनी जेट बोट र सलल बगेको अरुण, दुधकोशी, तमोर सबै मिलेर बनेको सप्तकोशी वरपरका दृष्‍यहरु साच्चिकै मनमोहक देखिएको छ।