कुवेतमा निधन भएकी सरिताको शव नेपाल पठाउन एनआरएन लगायतको सहयोग

everest kitchen

कुवेत । क्यान्सर रोगको उपचार गर्दा गर्दै कुवेतको आदान हस्पिटलमा निधन भएकी मकवानपुरकी सरिता थिङको शव नेपाल पठाउन तयारी भएको छ । उनको शव नेपाल पठाउनको लागि त्यहाँ स्थित एनआरएन कुवेत लगायतका तीन सामाजिक संस्थाले सहयोग गरेका हुन ।

सहयोग हस्तान्तरण गर्न  पुगेका संस्थाका प्रतिनिधिहरु

साविकको काँकडा-१ चुरियामाइ, मकावनपुर घर भएकी सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा गत पुस २६ गते मृत्यु भएको थियो ।
सरिता अबैध रुपमा कुवेतमा आइपुगेकी हुन् ।

शव नेपाल पठाउनको लागि एनआरएनए एनसीसी कुवेतले १२० केडि, नेपाल तामाङ घेदुङ कुवेत ११५ केडि र परोपकारी संस्था १५० केडिसहित ३८५ केडि सोमबार नेपाली दूतावासमा हस्तान्तरण गरेको हो । एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ राई, उपाध्यक्ष राना लामा र परोपकारी संस्थाका अध्यक्ष धिरेन्द्र राज सुवेदी सहितको टोलीले सो रकम नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाइ हस्तान्तरण गरेका हुन् ।

द्वितीय सचिव सिलवालका अनुसार आगामी बिहिवारसम्म थिङको शव नेपाल पठाउने तयारी छ । थिङ केही समयदेखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत थिइन् । थिङ ग्यास्ट्रिक बिग्रिएर अल्सर भएपछी अस्पताल भर्ना भएको बताइएको छ ।

राजदूतावासका अनुसार थिङ अबैध रुपमा भारतीय बाटो हुँदै कुवेत आएकी हुन् । उनि बिरुद्ध २ बर्षअघि घरबाट भागेको केस परेको दुतावासले जनाएको छ ।

४० बर्षिय थिङ अवैधानिक हैसियतमा रहँदै आएको र उनको साथमा नागरिकता, राहदानी वा अन्य कुनै कागजात नभएकोले शव पठाउन नेपाल पठाउन र कानुनी रुपमा आर्थिक जुटाउन समस्या भएको भन्दै दुतावासले सहयोगको अपिल गरेको थियो ।

उनीलाई विभिन्न म्यानपावरहरुले तेस्रो मुलुक हुँदै घरेलु कामदारका रुपमा कुवेत भित्र्याएका हुन । सरिताको पनि श्रम स्वीकृति गरिएको छैन ।